• २०८२ कार्तिक २८ | Thu, 13 Nov 2025
  • Dark Mode

          Subscribe

    नेविसंघ अर्घाखाँची रुपन्देहीको ऐतिहासिक बृहत् वनभोज कार्यक्रम सम्पन्न

    • admin
    • २०८१ माघ ९, बुधबार १३:२१
    4.5K
    SHARES
    नेविसंघ अर्घाखाँची रुपन्देहीको ऐतिहासिक बृहत् वनभोज कार्यक्रम सम्पन्न

    नेपाली कांग्रेसको विद्यार्थी भातृ संगठन नेपाल विद्यार्थी संघ अन्तर्गत अर्घाखाँची रुपन्देही सम्पर्क समितिको आयोजनामा पुस २७ गते बृहत् वनभोज कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा स्थित वनवाटिकामा रहेको विपि वाटिकामा आयोजित वनभोज कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश राना, प्रदेश सहमहामन्त्री विष्णु खनाल मुस्कान, रुपन्देही जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण, अर्घाखाँची जिल्ला सभापति केशव श्रेष्ठ,प्रदेश सदस्य विष्णु पोख्रेल,अर्घाखाँची पूर्व सभापति कमल प्रसाद भुसाल, शितगंगा नगरपालिका प्रमुख छविलाल पौडेल, अर्घाखाँची प्रदेश ख सभापति हेमन्त बेल्बासे, नेपाल तरुण दल केन्द्रीय सदस्य विनोद घिमिरे, नेविसंघ पूर्व केन्द्रीय सदस्य तथा सल्लाहकार टंक पाण्डे, सल्लाहकार टिकाराम बन्जाडे, सल्लाहकार तथा निवर्तमान अध्यक्ष ठाकुर घिमिरे, नेपाली कांग्रेस अर्घाखाँची रुपन्देही सम्पर्क समिती अध्यक्ष तुल्सी भुसाल, नेपाली कांग्रेस अर्घाखाँची जिल्ला सहसचिव मेघराज पाण्डे,नेविसंघ केन्द्रीय सदस्यहरु प्रदिप घर्ती मगर, विकास पाण्डे, जिल्ला सभापति कृष्ण भुसाल लगायतका नेताहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

    नेपाल विद्यार्थी संघ अर्घाखाँची रुपन्देही सम्पर्क समितिको तेस्रो विद्यार्थी भेला तथा अधिवेशन बाट रमेश पाण्डे वशिष्टको नेतृत्वमा निर्वाचित यो समितिले सम्पर्क समितिको इतिहासमा ऐतिहासिक कार्यक्रम गरेको सम्पर्क समितिका सचिव नारायण घिमिरे भावुकले बताए । उनले पार्टीको सम्पर्क समिती होस् वा नेविसंघको सम्पर्क समिती होस्, एकताको सन्देश दिने गरि आयोजित बृहत् वनभोज कार्यक्रम पहिलो पटक भएको उद्घोष गरे । त्यसैगरी सम्पर्क समितिका अध्यक्ष रमेश पाण्डे वशिष्टले राष्ट्रिय एकता दिवसको अवसरमा एकताको सन्देश दिने हेतुले आयोजित वनभोज कार्यक्रममा चल्दै आएको भाषण कार्यक्रमलाई बन्द गरेको बताए । उनले वनभोज कार्यक्रमको उदेश्य भेटघाट, सामिप्यता र रमाइलो सँगै संगठनकर्ता बिचको एकताको सन्देश दिनु प्रमुख भएकाले औपचारिक कार्यक्रम नराखेको बताए ।

     

    बृहत् वनभोज कार्यक्रममा १३६ जनाको उत्साहपुर्ण सहभागिता रहेको आयोजक समितिका उपाध्यक्ष उमेश पछाईले बताए ।



    admin   
  • २०८१ माघ ९, बुधबार १३:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP