• २०८२ कार्तिक २८ | Thu, 13 Nov 2025
  • Dark Mode

          Subscribe

    हलगोरु पाल्ने किसानलाई सम्मान

    • admin
    • २०८१ माघ ९, बुधबार १२:५२
    3.9K
    SHARES
    हलगोरु पाल्ने किसानलाई सम्मान

    अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–१ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ ।

    पछिल्लो समय युवाहरू विदेश पलायन भएको र मिनिटिलर, ट्याक्टरले खेत जोत्ने क्रम बढेपछि गोरु पाल्ने किसानको सङ्ख्या घटेको छ ।

    गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो जमिन बढेपछि किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो चरणमा १८ जना किसानलाई रु पाँच हजारका दरले प्रोत्साहन रकमसहित सम्मान  गरिएको वडाध्यक्ष माधव श्रेष्ठले बताए ।

    सन्धिखर्क नगरपालिकाका कार्यवाहक नगरप्रमुख मिश्रा आचार्यले खेतबारी बाँझो हुन नदिन गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम प्रदान गरी सम्मान गर्ने वडाको कार्यक्रम प्रभावकारी भएको बताए।

    नयाँ प्रविधि भित्रिए पनि अझै गोरु पाल्ने परम्परा नहराएको कार्यवाहक नगरप्रमुख आचार्यको भनाइ छ । त्यसैगरी, सो वडा कार्यालयले महिला स्वंयसेविकाहरुलाई पोसाकसमेत प्रदान गरेको छ ।

    प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १२ : ३६ बजे



    admin   
  • २०८१ माघ ९, बुधबार १२:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP