• २०८२ कार्तिक २८ | Thu, 13 Nov 2025
  • Dark Mode

          Subscribe

    देवी कुमार बने नेवा: समाज अर्घाखाँची रुपन्देहीको अध्यक्ष

    • admin
    • २०८१ माघ ९, बुधबार १२:४९
    3.8K
    SHARES
    देवी कुमार बने नेवा: समाज अर्घाखाँची रुपन्देहीको अध्यक्ष

    अर्घाखाँची जिल्लामा जन्म भई विभिन्न कारणले रुपन्देहीलाई कर्म थलो बनाएका नेवार समुदायहरु संगठित भई गठन भएको  नेवा: समाज अर्घाखाँची रुपन्देहीको  चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले देवी कुमार श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध चयन गरेको छ ।

    विशेष गरी अर्धाखांची जिल्लामा रहेका नेवार समुदायको कला संस्कृति भेष भुसाको जर्गेना गदै रुपन्देहीमा रहेका अर्घाखाँचीका नेवार समुदायलाई परेको विभिन्न समस्या तथा आपत विपदमा सहयोग गर्ने लक्ष्य सहित समाज अगाडी बढेको नवनिर्वाचित अध्यक्ष देवी कुमार श्रेष्ठले बताउनु भयो ।

    समाजले  अर्घाखाँची जिल्लाको पौराणिक तथा धार्मिक संस्कृति गाईजात्रा , रोपाई जात्रा, भैरव नाचलाई बुटवलमा पर्वका रुपमा मनाउदै सोको संरक्षणमा जुटेको छ ।

    अधिबेशनवाट समाजको उपाध्यक्षमा दुर्गा प्रसाद, सचिव डिल प्रसाद, सह सचिव फूलमाया, कोषाध्यक्ष राजकुमार  र सहकोषाध्यक्षमा बाबुराम (लभकुस)चयन हुनु भएको निर्वाचन समितिका संयोजक नवराज श्रेष्ठले बताउनु भयो ।

    त्यस्तै सदस्यहरूमा विष्णु प्रसाद, गिरिराज दीपक कुमार, दामोदर, सरस्वती मधु कुमार राजेन्द्र कुमार, गणेश , खड्का बहादुर सरिता र दूर्गा बहादुर श्रेष्ठ चयन हुनु भएको छ । त्यस्तै लेखा समितिको संयोजकमा जीवन श्रेष्ठ र सदस्यमा  मधु कुमार र  मेघराज चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ । समाजमा २२१ जना आजीवन सदस्य र ५ सय बढी साधारण सदसय रहेका छन । समाजले सामाजिक काम संगै अनाथ तथा वृद्ध बृद्धाहरुलाई समेत सहयोग गदै आएको छ । समाजले अबका दिनमा साविकका कामलाई निरन्त्रता दिँदै थप आर्थिक संकलन र सदस्यता विस्तारलाई प्राथमिकता दिने अध्यक्ष श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नु भएको छ । नव निर्वाचितलाई शुक्रवार शपथ ग्रहण र हस्तान्तरण गरिएको निवर्तमान अध्यक्ष बाबुराम श्रेष्ठले बताउनु भयो ।  समाजले बुटवल ११ मा भैरव मन्दिर पनि निमार्ण गरेको छ ।



    admin   
  • २०८१ माघ ९, बुधबार १२:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP