• २०८२ कार्तिक २८ | Thu, 13 Nov 2025
  • Dark Mode

          Subscribe

    बुटबल–चन्द्रौटा–गोरुसिङ्गे सडक समयमै सम्पन्न हुन्छ: अर्थमन्त्री पौडेल

    • admin
    • २०८१ माघ १२, शनिबार ०६:५१
    2.3K
    SHARES
    बुटबल–चन्द्रौटा–गोरुसिङ्गे सडक समयमै सम्पन्न हुन्छ: अर्थमन्त्री पौडेल

    बुटबल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटबल–चन्द्रकौटा–गोरुसिङ्गे सडक समयमै सम्पन्न हुने बताउनु भएको छ । शुक्रवार बुटबलस्थित सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ र बुटबल–चन्द्रौटा–गोरुसिङ्गे सडक योजनाको उद्घाटनका क्रममा मन्त्री पौडेलले सो सडक समयमै निर्माण सम्पन्न गरिने बताउनु भएको हो ।

    सो अवसरमा मन्त्री पौडेलले द्रुत गतिमा काम भएका कारण एक वर्ष नुपुग्दै सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको बताउँदै बुटबल–चन्द्रौटा–गोरुसिङ्गे सडक स्तरोन्नतीको कार्य पनि दु्रत गतिमा गरिने र सडक निर्माण गर्दा स्थानीयले धुलो र धुवाँको सामना गर्नु नपर्ने स्पष्ट पार्नु भयो ।

    बुटबल–नाराणघाट सडक बिस्तारका क्रममा चरम लापरवाही र ढिलासुस्ती भएको भन्दै मन्त्री पौडेलले सन् २०२६ को डिसेम्बर भित्र उक्त सडक पनि निर्माण सम्पन्न हुने ठोकुवा गर्नु भयो । उहाँले भन्नु भयो, ‘बुटबल–नाराायणघाट सडकको निकै आलोचना भएको छ । जनताले गरेको आलोचनाको हामी सम्मान गर्छौँ । अब त्यो सडक निर्माण सम्पन्न हुन धेरै लामो समय लाग्ने छैन । जनताले सडककै कारण सास्ती भोग्नु पर्ने छैन ।’

    सरकार बिकास निर्माणमा प्रतिबद्ध रहेको भन्दै मन्त्री पौडेलले बुटबलको तिनहुँ खोलामा ‘सिग्नेचर ब्रीज’ समेत निर्माणका लागि काम सुरु गरिएको जानकारी दिनु भयो । उहाँले ‘ब्रीज’का लागि बजेटको प्रबन्ध भइसकेका कारण सबै काममा ढिलासुुस्ती नगर्न निर्माण ब्यवशायीलाई आग्रह समेत गर्नु भयो ।

    सरकारले गरेका राम्रा कामको समर्थन गर्न सबैमा अग्रह गर्नु हुन्दै मन्त्री पौडेलले भन्नु भयो, ‘समर्थनमा कसैले लेख्न सक्दैन भने विरोधमा लेख्न बन्द गरौं । कमी कमजोरी भए औंल्याउँ तर राम्रा कामलाई पनि नोटिसमा लिन सकौँ ।’

    उद्घाटन समारोहमा बोल्दै उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व नभएसम्म जतिसुकै राम्रो योजना, परियोजना भएपनि समयमा सम्पन्न हुन नसक्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘राजनीतिक अस्थिरताका कारण काममा व्यवधानहरू आउने भएको कारणले हामीले राष्ट्रिय राजनीतिको आवश्यकता अनुसार संघीय संसद्का दुई ठुला दल र अन्य सानादलहरु मिलेर यो संयुक्त सरकार बनाएका हौँ ।’

    बुटबल–चन्द्रौटा–गोरुसिङ्गे अन्र्तगतको ५० किलोमिटर सडक निर्माण कार्य केही दिनमै सुरु गरिने आयोजना प्रमुख कुशलता न्यौपानेले जानकारी दिनु भयो । सुरुमा सडक अन्तर्गतका पूल निर्माण गरिने र सडक छेउछाउ फराकिलो बनाई पीच भत्काईने उहाँको भनाई छ । सडक निर्माण गर्दा जनताले सास्ती ब्यहोर्नु नपर्ने र धुलो धुवाको सामना गर्नु नपर्ने उहाँले बताउनु भयो ।
    सडक बिस्तार हुने भएपछि बुटबल र चन्द्रौटाका स्थानीय उत्साहित भएका छन् ।

     

     



    admin   
  • २०८१ माघ १२, शनिबार ०६:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP