• २०८२ कार्तिक २८ | Thu, 13 Nov 2025
  • Dark Mode

          Subscribe

    अर्घाखाँची महोत्सव सुरु

    • admin
    • २०८१ माघ ९, बुधबार १२:४६
    3.9K
    SHARES
    अर्घाखाँची महोत्सव सुरु

    अर्घाखाँची — छैटौं अर्घाखाँची महोत्सव सन्धिखर्कको कुँडुलेफाँटमा  सुरु भएको छ । ‘कृषि, पर्यटन, उद्योग र व्यापार : स्थानीय उत्पादनको प्रयोग रोजगारीको मुख्य आधार’ भन्ने नाराका साथ सोमबारदेखि महोत्सव सुरु भएको हो ।

    महोत्सवको सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले उदघाटन गरेका हुन् । महोत्सव माघ १२ गतेसम्म चल्ने मुख्य आयोजक उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।

    महोत्सवमा जिल्लाका ६ वटा स्थानीय तहमा रहेका परम्परागत कला, संस्कृति र झाँकी प्रदर्शन गरिने कार्यक्रम रहेको उवासंघका अध्यक्ष प्रदीप मिश्रले बताए ।

    महोत्सव उद‍्घाटनमा नेपाल पत्रकार महासंघले अर्घाखाँचीको पर्यटकीय स्थलका बारेमा तयार गरेको संक्षिप्त भिडियो प्रदर्शन गरेको थियो ।

    महोत्सव उद्घाटनमा संघीय सांसद विजुला रायमाझी, प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेसहित जिल्लास्थित राजनीतिक दलका नेता, विभित्र संघसंस्था, सरोकारवाला लगायत स्थानीयको उल्लेख्य उपस्थिति रहेको छ ।

    उवासंघका सचिव सन्तोष बस्नेतका अनुसार मेलामा ३ सय भन्दा बढी स्टल राखिने र जिल्लाको स्थानीय कृषि, दुग्धजन्य उत्पादनका लागि स्टलमा ५० प्रतिशत छुट गरिएको छ । जिल्लाका पर्यटकीय स्थलको व्यापक प्रचार, गाउँमा उत्पादन भएका सुन्तला, तरकारी, दुग्धजन्य वस्तु, मसलाबालीका उत्पादन, खाद्यवस्तु, महलगायत सबै स्टलमा राख्न कृषि कर्म, सहकारी, कृषक समूहले स्टल राख्ने उनले बताए । स्थानीय विभिन्न जातिको भेषभूषासहितको कला प्रदर्शन गरिँदैछ ।

    आयोजकका अनुसार महोत्सव करिब १ लाख दर्शकले अवलोकन गर्ने र ५ करोड रुपैयाँ बराबर आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।



    admin   
  • २०८१ माघ ९, बुधबार १२:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP